May 27, 2006

The RNA has been promoted by foreign powers in every peace talks. - By Pratyusch Chandra

Filed under: News

After King Mahendra (Gyanendra’s father) and his Royal Nepalese Army (RNA), overthrew his government in 1960, the first democratically elected Prime Minister of Nepal BP Koirala asked himself in his jail diary: “Is the democratic system in Nepal compatible with the preponderance of the Nepalese Army?” After five decades of the democracy movement in Nepal, this question still haunts the Nepalis. Mesmerised by the royal proximity, Nepali democrats have time and again lapsed into amnesia, comfortably and willingly. But by one or another way the question has found expression and has been answered negatively in the popular upsurges and daily struggles of the downtrodden. (more…)

March 6, 2006

चैत २६ बाट नयाँ जनआन्दोलन सुरु हुने घोषणा

Filed under: समचार

काठमाडौ ६ मार्च २००६ । सक्रिय हुने इच्छा त्याग्न नचाहाने राजासँग संवाद औचित्यहीन हुने उल्लेख गर्दै आन्दोलनरत सात राजनीतिक दलले आगामी चैत २६ गतेबाट नयाँ जनआन्दोलन सुरु गर्ने घोषणा गरेका छन् ।
२०४६ मा भएको जनआन्दोलनबाट चैत २६ गते प्रजातन्त्र पुनर्वहाली भएको थियो । संघर्षरत सात दलको शिर्ष नेताहरुको सोमबार बसेको बैठकले राजासँगको सम्वादलाई आचित्यहीन भन्दै नयाँ चरणको आन्दोलन घोषणा गरेका हुन् । (more…)

इलाम आक्रमणमा नौको मृत्यु २४ घाइते- नेमिष गौतम

Filed under: समचार

Update ….
काठमाडौ ६ मार्च २००६ । नेकपा माओवादीको एक समूहले आइतबार राती इलाम सदरमुकाममा आक्रमण गर्दा ९ को मृत्यु भएको छ ।
मृत्यु हुनेमा दुइ सर्वसाधारण, तीन सुरक्षाकर्मी र चार माओवादी छन् । मृत्यु हुने सर्वसाधारणमा मनोज कोइराला र हर्कबहादुर राइ रहेका छन् । उनीहरु दोहोरो भिडन्तको क्रममा मारिएका हुन् । भिडन्तमा २४ सुरक्षाकर्मी घाइते भएका छन् । घाइतेहरुको उपचारको लागि काठमाण्डौस्थित वीर अस्पताल, वीरेन्द्र प्रहरी अस्पताल र सैनिक अस्पताल ल्याइएको छ । (more…)

इलाम भिडन्तमा ४ को मृत्यु, कारागार सुरक्षामा रहेका प्रहरी सहित कैदी संपर्क बाहिर

Filed under: समचार

प्राप्त पछिल्लो जानकारी अनुसार ईलाम आक्रमणमा प्रहरी फणीन्द्र खवास, सर्वसाधारणहरू हर्कबहादुर राई र मनोज कोइराला र एक माओवादीको मृत्यु भएको छ भने चार सैनिकहरु घाइते भएका छन्। यस्तै माओवादीले जिल्ला कारागर सुरक्षामा रहेका २२ प्रहरी र १०३ वन्दीहरुलाइ पनि लिएर गएका छन्। (more…)

March 4, 2006

राजाको पलायन - सुरेन्द्रराज देवकोटा -पीएचडी

Filed under: News

संयुक्त राज्य अमेरिका, मार्च ३
सन् २००१ को नारायणहिटी नरसंहारपछि सत्तारोहण हुन पुगेका राजा ज्ञानेन्द्रका विविध राजनैतिक क्रियाकलापहरुले राजनैतिक समस्याहरु झन् झन् कसिंदै गएपछि आम नेपालीहरुमा राजतन्त्रका बारेमा विभिन्न सोचाईहरु विकसित हुँदै गएको छ । मोटामोटी रुपमा तीनवटा धारमा विभाजित विचारहरु जस्तै राजाको सक्रिय नेतृत्व, संवैधानिक नेतृत्व र गणतन्त्रवादी सोचाईको बहस शुरु हुनु एउटा प्रजातान्त्रिक अभ्यास हो । (more…)

फासीवादी सत्ता को ढाँड भाचिदिएको माओवादी को दाबि -कृष्ण अधिकारी

Filed under: समचार

रुपन्देही, पाल्पा, अर्घाखाँची र गुल्मीका बिभिन्न क्षेत्रमा भएका भिडन्तमा ३५ शाही नेपाली सेनाको र ११ जना माओबादी को मृत्यु भएको छ ।
जनमुक्ति सेना, नेपालका डेपुटी कमान्डर प्रभाकरले शुक्रबार एक बिज्ञत्ती जारी गरी उक्त घटनामा चार दर्जनभन्दा बढी शाही नेपाली सेनाका घाइते भएको बताउँदै तीनगिरे कार्वाहीबाट माओबादी ले जीपीएमजी एकथान, मिनिमी जीपीएमजी एक थान, एम-१६ छ थान, इन्सास नौ थान, एसएलआर आठ थान, टु इञ्च मोर्टार दुई थान, ९० वटा झोला र सोमा भएको करिब ५० हजार थान गोलीका साथ ग्रिनेडहरु कब्जा भएको बताएका छन । (more…)

सर्वसाधारणद्वारा कर्फ्यु जारी

Filed under: समचार

सुरक्षा व्यवस्था मिलाउने क्रममा होस वा आफ्नो पकड देखाउने नाममा सरकार र माओवादी दुवैले बेलाबेलामा विभिन्न स्थानहरूमा कर्फ्यु लगाउदै आएका छन्। तर कञ्चनपुरको कृष्णपुर गाँउका बासिन्दाहरूले पहिलो पटक नागरिक स्तरमा कर्फ्युको घोषणा गरेका छन्। घनगढीस्थित पत्रकार दीर्घराज उपाध्यायका अनुसार स्थानीय नवदुर्गा टोल सुधार समितिको अगुवाईमा १९ फागुनदेखि लागु हुने गरि गाँउमा राति १० बजेदेखि बिहान ४ बजेसम्म कर्फ्युको घोषणा गरिएको हो। (more…)

March 1, 2006

माअ‍ोवादी नेता बाबुरामकी आमाको निधन

Filed under: समचार

माअ‍ोवादी नेता बाबुराम भट्टराईकी आमाको राजधानी काठमाडौंमा निधन भएको छ। गोरखा निवासी भट्टराईकी आमा गत पुसदेखि उपचारका लागि चाबहिलस्थित कान्छा छोरा शिव भट्टराईको घरमा बस्दै आएकी थिइन्।

उहाँलाई मुटु र छातीसम्बन्धी रोग लागेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्। गत पुसमा उहाँको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा डा. अरुण सायमीले उपचार गर्नुभएको थियो।
(more…)

World cup 2006 Stadion

Berlin

Berlin

धेरै हेर्न यहाँ क्‍लिक गर्नुस । (more…)

February 28, 2006

40 Point Demand - 4 February, 1996

Filed under: News

Right Honourable Prime Minister
Prime Minister’s Office,
Singha Darbar, Kathmandu

Sub: Memorandum
Sir,

It has been six years since the autocratic monarchical partyless Panchayat system was ended by the 1990 People’s Movement and a constitutional monarchical multiparty parliamentary system established. During this period state control has been exercised by a tripartite interim government, a single-party government of the Nepali Congress, a minority government of UML and a present Nepali Congress-RPP-Sadbhavana coalition. That, instead of making progress, The situation of the country and the people is going downhill is evident from the fact that Nepal has slid to being the second poorest country in the world; people living below the absolute poverty line has gone up to 71 per cent; the number of unemployed has reached more than 10 (more…)

प्रहरीद्धारा बरामद ५१ लाख रुपैँयाको सुन गायव

Filed under: समचार

प्रहरीले बीरगञ्जको प्रतिमाचोकबाट १४ फागुनमा पक्राउ गरिएको करिब रु।५१ लाख मूल्य बराबरको सवा ४ किलो सुन रहस्यमय तरिकाबाट गायब भएको छ। वीरगंजबाट बाराको सिम्रौनगढतर्फ जादैगरेको अनमोल ट्राभल्स नामक यात्रुवाहक बसबाट प्रहरी सहायक निरीक्षक किशोरी सिंहको कमाण्डमा रहेको प्रतिमाचौकस्थित अस्थायी प्रहरी पोष्टमा कार्यरत प्रहरीहरुले सो सुन बरामद गरेका थिए। (more…)

ताजा खबर: पक्राउपछि हत्या

Filed under: समचार

सुरक्षाफौजद्वारा १५ फागुन अपरान्ह पक्राउ परेका माओवादीको सुनसरी जिल्ला स्तरीय ५ नेताहरू मध्ये एकको मृत्यु भएको खबर प्राप्त भएको छ। माओवादीका सुन्सरी जिल्ला सह-इन्चार्ज रोजिनाका अनुसार १५ फागुन अपह्रान्न इटहरी -५ पचरूकीबाट पक्राउ परेका ५ नेताहरू मध्ये कम्पनी कमाण्डर किरणको पक्राउपछि हत्या गरिएको छ। (more…)

February 27, 2006

माओवादी द्वारा गरिएको काभ्रे आक्रमण का केहि दृश्‍य हरु

Sabita Humagain, a student of a local school, watches security men talking standing on the very place where the clash took place.

(more…)

लोकतन्त्रको अभावमा दलितमुक्ति असम्भव-

Filed under: Uncategorized

-चन्द्रकान्त खनाल

नेपाल हिन्दू राज्य रहुन्जेलसम्म र राजाको बोली नै कानुन हो भन्ने वकिल र न्यायाधीश एवम् धार्मिक पण्डाको रजाइँ चलुन्जेलसम्म दलितको मुक्ति सम्भव नहुने भन्दै अब दलितले पनि आफ्नो अधिकार पाउनका लागि लोकतान्त्रिक आन्दोलनमा होमिनुबाहेक अर्को विकल्प नरहेको कपिलवस्तुका राजनीतिक तथा दलित नेता, बुद्धिजीवी, पत्रकार, मानव अधिकारवादी र कानुन व्यवसायीले बताएका छन् ।
जागरण मिडिया सेन्टर काठमाडौं र नेपाल पत्रकार महासंघ कपिलवस्तुको संयुक्त आयोजनामा तौलिहवामा गरिएको “मानव अधिकार, दलित समुदाय र आमसञ्चार” विषयक एकदिने छलफल कार्यक्रममा सहभागीहरुले उक्त कुरा बताइएका हुन् । (more…)

माओवादीका ५ नेता पक्राउ

Filed under: Breaking News

माओवादीका सुन्सरी िल्ला सह-इन्चार्ज रोजिनाका अनुसार १५ फागुन अपह्रान्न इटहरी -५ पचरूकीबाट थमानसिंह राई निर्मल० सँगै सैरभ, नवीन, किरण र दिपेन उपनामका नेताहरूलाई पक्राउ गरिएका हुन्।
पक्राउ परेका मध्ये एक जनालाई पेटमा गोली लागेको छ र उनलाई उपचारकालागी (more…)

चौमारा भिडन्तमा आठ मारिएको माओवादीद्वारा पुष्टि

Filed under: समचार

रुपन्देहीको सत्यावती चौमारामा भएको भिडन्तमा आफ्नोतर्फ आठ जनाको मृत्यु भएको सशस्त्र व्रि्रोही माओवादीले पुष्टि गरेको छ । सो क्षेत्रमा १६ माओवादी मारिएको सरकारले जनाएको थियो । जनमुक्ति सेनाको पश्चिम सैन्य कमाण्ड हेडर्क्वाटरका प्रवक्ता रमेश कोइरालाद्धारा सोमबार जारी विज्ञप्तिमा सुरक्षा फौजको घेरा तोड्ने क्रममा आठको मृत्यु भएको उल्लेख छ । शाही नेपाली सेनातर्फ पनि ठूलो हताहती र घाइते भएको दावी विज्ञप्तिमा गरिएको छ ।
माओवादीको विज्ञप्ति (more…)

काभ्रे भिडन्तमा तीन सुरक्षाकर्मीको मृत्यु, त्यति नै घाइते भएको पुष्टि

Filed under: समचार

माओवादी सशस्त्र व्रि्रोहीको आक्रमणमा परी तीन सुरक्षाकर्मीको मृत्यु भएको छ भने तीन घाइते भएका छन् ।
वीपी राजमार्गस्थित काभ्रे गाविसको काभ्रेभञ्ज्याङमा सोमबार बिहान सुरक्षा जाँच गरिरहेका सुरक्षाकर्मीहरुमाथि माओवादीले गरेको आक्रमणको क्रममा ती तीन सुरक्षाकर्मी र दुइ सर्वसाधारणसहित एक सुरक्षाकर्मी घाइते भएको जिल्लास्थित सुरक्षा सूत्रले जनाएको छ । सदरमुकाम धुलिखेलबाट ७ किलोमिटरको दुरीमा रहेको सो भज्याङमा सोमबार बिहान ८।३० बजे करिव दुइ सयको संख्यामा आएका सशस्त्र माओवादीले आक्रमण गरेका थिए । (more…)

पोखरास्थित सार्वजनिक स्थलमा विष्फोट बाह्र घाइते

Filed under: समचार

सार्वजनिक स्थानमा बम विष्फोट नगराउने प्रतिवद्धता ब्यक्त गरेको दुइ दिनपछि नै सशस्त्र व्रि्रोही माओवादीले पुनः पोखराको सार्वजनिक स्थानमा शक्तिशाली बम विष्फोट गराएको छ ।
पोखराको चिप्लेढुङ्गामा सोमबार दिउँसो १:३० बजे भएको विष्फोटमा परी २ जना सुरक्षाकर्मीसहित १२ जना (more…)

रुपन्देही र पाल्पाको सिमामा भिडन्त १६ को मृत्यु- शाही नेपाली सेना

Filed under: समचार

माओवादी र सुरक्षाफौज बीच रुपन्देही र पाल्पाको सिमाना बल्डेङगढी र सत्यवती क्षेत्रमा आइतबार दिउँसो भएको भिडन्त १६ माओवादीको मृत्यु भएको सुरक्षास्रोतले दावी गरेको छ ।
सैनिक जनसम्पर्क निर्देशनालका अनुसार उक्त भिडन्तपछि माओवादीको १६ वटा शब बरामद भएको छ । भिडन्तमा कम्तीमा ६ सुरक्षाकर्मी घाइते भएका छन् । दिउँसो एक वजेदेखि भएको लगातार दुइघण्टासम्म भएको थियो । त्यसपछि वीच वीचमा रोकिदै साँझ अवेरसम्म भिडन्त भएको सुरक्षास्रोतले जनाएको छ । (more…)

Exclusive interview with Prachanda, Maoist leader

Filed under: Interview


Online edition of India’s National Newspaper- The Hindu

This is a complete verbatim transcript of Nepali Maoist leader Prachanda’s interview with Siddharth Varadarajan of The Hindu, conducted at an undisclosed location in the first week of February 2006. Highlights and excerpts from the interview were published in the print edition of The Hindu of February 8, 9, and 10, 2006.

Varadarajan: Your party has waged a “people’s war” in Nepal for 10 years and the anniversary is now coming up. There are some who say that this war - and the Royal Nepal Army’s counter-insurgency campaign - has cost the country dearly in terms of the violence and bloodshed that has accompanied it. In your estimation, what has been the main accomplishment of these 10 years?

Prachanda: For 250 years, our peoples have been exploited under the oppression of feudal lords. The people’s war has helped crush the feudal structure in the rural areas. We think this is the main achievement. Also, in the overall sense we feel that in Nepal there is going to be a great leap forward in the socio-economic condition because we are going to lead the country to a democratic republican structure. A political situation has been developed through this process, and we feel this is also a very big achievement of the people’s war.
(more…)






















Counters
Starting from 02.22.2006